मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पाँचखालका इँटा उद्योग बन्द गर्न सर्वोच्चको परमादेश, जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर

पाँचखालका इँटा उद्योग बन्द गर्न सर्वोच्चको परमादेश, जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर

images
२०८२ बैशाख ३ गते, बुधवार
२०८२ बैशाख ३ गते, बुधवार
  • काभ्रेपलाञ्चोक। सर्वोच्च अदालतले जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न परमादेश दिएको छ।

    images

    सर्वोच्चले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै गत १२ चैतको परमादेशमार्फत पाँचखालमा सञ्चालनमा रहेका इँटाभट्टा बन्द गर्न भनिएको छ।

    images

    इँट्टाभट्टा बन्द गर्न माग गर्दै स्थानीयले २०७६ पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाईएको थियो।

    उक्त रिट निवेदनमाथि पाँच वर्षपछि सुनुवाइ गर्दै सर्वोच्च अदालतले परमादेश जारी गरेको हो। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शारंगा सुवेदीको इजलासले मागबमोजिम हुने फैसला गरेको हो।

    पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा रहँदै आएका थिए। हिमालयन मल्टिपर्पोज कम्पनी प्रालि, नवदुर्गा भवानी इँटा उद्योग, उपकार चिम्नी इँटा उद्योग, जय भीमसेन इँटा उद्योग, वीर हनुमान ब्रिक फ्याक्ट्री, पलाञ्चोक भवानी फिक्स चिम्नी उद्योग, सुवर्णेश्वरी इँटा उद्योग, पलाञ्चोक भगवती ब्रिक फ्याक्ट्री लगायत सञ्चालनमा थिए।

    यसैबिच, पाँचखाल नगरपालिकाले वातावरण नीति तयार गरेको छ। सो नीतिमा इँटाभट्टा लगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने योजना रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend