मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौं महानगरले नेपाल नेसनल हस्पिटललाई १ लाख जरिवाना तिरायो

काठमाडौं महानगरले नेपाल नेसनल हस्पिटललाई १ लाख जरिवाना तिरायो

images
२०८१ चैत्र ३० गते, शनिवार
२०८१ चैत्र ३० गते, शनिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले कलंकीमा सञ्चालित नेपाल नेसनल हस्पिटललाई रु १ लाख जरिवाना तिराएको छ।

    images

    अस्पतालले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि काठमाडौं महानगरले रु १ लाख जरिवाना तिराएको हो। सो अस्पतालले सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहर व्यवस्थापनमा लापरबाही गरेको थियो।

    images

    अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि महानगरले शनिबार अनुगमन गरेको थियो। जरिवानाको पत्र पठाएपछि अस्पतालले राजस्व खातामा जरिवाना रकम दाखिला गरेको महानगरका वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिइन्।

    ‘पटकपटक गएर सुधारको मौका दियौँ, जति भने पनि हस्पिटलले सुधार गरेको पाएनौं’, उनले भनिन्, ‘सुधारको अवसर उपयोग नगरेपछि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेका हौं।’

    सो दफाबमोजिम रासायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई रु ५० हजारदेखि रु १ लाखसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ।

    सोही कसुर दोहोर्याएमा पहिलोपटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था रहेको श्रेष्ठले जानकारी दिइन्।

    ‘अस्पतालबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ। टहरामा चारवटा कोठा छन्। गत वर्षको अनुगमनमा अटोक्लेभ मेसिन बिग्रिएको अस्पतालले जानकारी दिएको थियो। त्यसबेला विसं २०८० फागुनमा जोखिमपूर्ण फोहर निर्मलीकरण गरेर व्यवस्थापन गर्न अस्पतालले प्रतिबद्धता जनाएको थियो। यही चैत २० गते गरिएको अनुगमनका क्रममा अवस्थामा सुधार नदेखिएपछि रु एक लाख जरिवाना गरिएको हो’, उनले भनिन्।

    उनका अनुसार फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको सङ्कलनकक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारणकक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरूको पनि उचित प्रयोग नहुनुलगायत अस्पतालका लापर्बाही हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend