मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राख्न अनुमति

images
२०८१ चैत्र २९ गते, शुक्रवार
२०८१ चैत्र २९ गते, शुक्रवार
  • काठमाडौं। जिल्ला अदालत काठमाडौंले राजावादी आन्दोलनका कमाण्डर भनिका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको छ।

    images

    काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शन हिंसात्मक भएपछि फरार रहँदै आएका प्रसाईंलाई प्रहरीले शुक्रबार झापाबाट पक्राउ गरि काठमाडौं ल्याएको थियो। जिल्ला अदालतका न्यायाधीश शिशिर राज ढकालको इजलासले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो।

    images

    अदालतले अनुमती दिएसँगै अब १२ दिन प्रसाईंलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । न्यायाधीश ढकालले इजलासमार्फत प्रसाईं क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न पनि प्रहरीलाई निर्देशनात्मक आदेश दिएको छ ।

    प्रहरीले प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरेर ल्याएको जनाएको छ। तर, प्रसाईंले भने आफैं आत्मसमर्पण गरेको दाबी गरेका छन। 

    उनको सचिवालयले बिहीबार नै प्रसाईंले आसाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको थियो।  
    तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप भएको छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend