मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दुर्गा प्रसाईं पक्राउ परेका हुन?

दुर्गा प्रसाईं पक्राउ परेका हुन?

images
२०८१ चैत्र २८ गते, बिहिवार
२०८१ चैत्र २८ गते, बिहिवार
  • काठमाडौं। राजावादी आन्दोलनका कमाण्डर भनिका दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गरेको प्रसाईंको सचिवालयले बताएको छ।

    images

    काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शन हिंसात्मक भएपछि फरार रहँदै आएका प्रसाईंले भारतको आसाम राज्यमा आत्मसमर्पण गरेको उनको सचिवालय बताउँछ। तर प्रहरीले भने प्रसाईं पक्राउ परेको पुष्टि गरेको छैन।

    images

    `अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ।´ प्रसाईंको सचिवालयले सामाजिक संजाल फेसबुकमा लेखेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend