काठमाडौं। नेपाल प्रहरी अस्पताल महाराजगन्जमा `स-शुल्क फार्मेसी´ संचालनमा आएको छ।
प्रहरी महानिरीक्षक दिपक थापाले बुधबार प्रहरी अस्पतालको ४१ औं वार्षिकोत्सवका अवसरमा स-शुल्क फार्मेसीको समुद्घाटन गरेका हुन।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश कुमार आचार्यले आम सर्वसाधारणलाई सुपथ मुल्यमा औषधि उपलब्ध लगराउने गरेर स-शुल्क फार्मेसीको सुरुवात गरिएको जानकारी दिए।
`स-शुल्क फार्मेसीबाट नागरिकलाई सुलभ मुल्यमा औषधि उपलब्ध गराउने गरेर सुरुवात गरिएको हो, प्रहरी कर्मचारी मात्र होइन कुनैपनि नागरिकले फार्मेसीबाट सेवा प्राप्त गर्न सक्छन।´ प्रहरी प्रवक्ता डीआईजी आचार्यले एक्सरे नेपालसँग भने।
सो अवसरमा प्रहरी प्रमुख थापाले नेपाल प्रहरी अस्पतालको वार्षिक स्मारिका `अस्पताल दर्पण- २०८१´ तथा अस्पतालको ४१ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित Addition Special Issue “मेडिकल जर्नल” को समेत लोकार्पण गरेका थिए।




