काठमाडौं। सरकारले म्यानमारका भुकम्प प्रभावितहरुका लागि २ करोड ४५ लाख बराबरको राहत सामग्री पठाउने भएको छ।
चैत १८ गते बसेको मन्त्रीपरिषद बैठकमार्फत सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दारका लागि नेपाली सेनाको टोली पठाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सरकारले भोलि बुधबार राहत सामग्री पठाउन लागेको हो।
सरकारले पठाउन लागेको राहत सामग्रीमा औषधी, खाद्य तथा गैरखाद्य सामग्री र पुनर्वासका सामग्री रहेका छन्। ती सामग्री भोलि २७ गते राति साँढे ११ बजेको नेपाल वायुसेवा निगमको वाइडबडी चार्टर जहाजमार्फत म्यानमार पठाइने छ।
म्यानमारमा भुकम्पमा परेर ३५ सय ब्यक्तिको ज्यान गएको थियो भने हजारौं घाइते छन। गृहमन्त्री रमेश लेखकको सचिवालयले नेपाल सरकारले म्यानमार सरकारलाई राहत स्वरुप २ करोड ४५ लाख बराबरको सामग्री पठाउन लागेको जनाएको हो। म्यानमार पठाउन तयार गरिएको राहत सामग्रीको मंगलबार गृहमन्त्री लेखकले निरीक्षण गरेका थिए।




