मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पीजीको म्याचिङको मुद्दा सर्वोच्चको `हेर्न नभाइने´ सूचीमा

पीजीको म्याचिङको मुद्दा सर्वोच्चको `हेर्न नभाइने´ सूचीमा

images
२०८१ चैत्र २६ गते, मंगलवार
२०८१ चैत्र २६ गते, मंगलवार
  • काठमाडौं। स्नातकोत्तर तह (पीजी)मा निजी मेडिकल कलेजहरूको सिट घटाउने चिकित्सा शिक्षा आयोगको निर्णयसम्बन्धि मुद्दा मंगलबार `हेर्न नभाइने´ सूचीमा परेको छ।

    images

    सर्बोच्च अदालतले पीजी तहमा निजी मेडिकल कलेजको सिट घटाउने निर्णयमा छलफल गर्न मंगलबार दुबै पक्षलाई बोलाएकोमा सो मुद्दाको पेशी आज `हेर्न नभाइने´सूचीमा परेको हो।

    images

    सो मुद्दा  सर्वोच्च अदालतका न्यायाधीशद्धय डा कुमार चुडाल र बालकृष्ण ढकालको इजलाशमा परेको थियो। 

    यसअघि सर्वोच्चले पीजीमा निजी मेडिकल कलेजहरूको सिट घटाउने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

    आयोगको सो निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै डा. सुजन न्यौपानेसहित १४ चिकित्सकले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    सो रिटमाथि चैत २४ गते न्यायाधीश सपना मल्लको इजलासले आयोगलाई तत्काल सो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई चैत २६ गते (आज) छलफलमा बोलाउने आदेश दिएको थियो।

    आयोगले निजी मेडिकल कलेजले सरकारी मेडिकल कलेजलाई मात्र समावेश गरी म्याचिङको सूचना प्रकाशित गरेपछि विद्यार्थीहरु आन्दोलनमा छन। 

    चिकित्सा शिक्षा आयोगले पीजी अध्ययन गर्ने विद्यार्थीको पुर्वनिर्धारित सिट संख्या घटाइएको भन्दै विद्यार्थीहरुले निर्णयमा पुनर्विचार गर्न चिकित्सा शिक्षा आयोगलाई चेतावनी दिंदै आएका छन।

    विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगलाई अहिलेको म्याचिङ प्रक्रिया तत्काल रोक्न र नमिलेका विषयको निरुपण गर्नका लागि १८ औं बैठक तत्काल बोलाउन माग गर्दै आएका थिए। आयोगले सर्वोच्चको आदेश पछि म्याचिङ प्रक्रिया स्थगित गरिसकेको छ।

    निजी मेडिकल तथा डेन्टल कलेजसंगहरुको टकराव पछि आयोगले उनीहरुलाई दिने भनिएको सिट संख्या घटाएर ६ सय ७० मा झारेको थियो। आयोगले गत १४ चैतबाट सोही घटाइएको सिटमै म्याचिङ प्रक्रिया अघि बढाएको थियो।

    आयोगले १७ औं बैठकले थप गरेको २ सय ३१ सहित ५ फागुनमा यस शैक्षिक सत्रका लागि भन्दै १४ सय ९६ सिट तोकिएको बताएको थियो। बढेको सिट पछि पढ्न पाउने आशामा २६ माघमा प्रवेश परीक्षा दिई उत्तीर्ण विद्यार्थीहरु आयोगको पछिल्लो निर्णयले मारमा पर्ने बताउँदै आइरहेका छ्न।

    गत १३ मंसिरमा आयोगले सिट संख्या नतोकी एमडीएमएस एमडीएसको प्रवेश परीक्षाको लागि सूचना जारी गरेको थियो। त्यसपछि विद्यार्थीहरु झस्किएका थिए। उनीहरूले आफ्ना माग सम्बोधन नभए अदालतसम्म जाने चेतावनी दिएका थिए। आयोगले निर्धारण गरेको म्याचिङ प्रक्रिया अघि बढाए ८ सय भन्दा बढी विद्यार्थी पढाईबाट बन्चित हुने उनीहरुको भनाइ छ।

    नेपाल चिकित्सक संघलेसमेत विज्ञप्तिमार्फत संख्या घटाउने म्याचिङ प्रक्रिया रोक्न र पुर्वनिर्धारित संख्याकै आधारमा प्रक्रिया पुन: अघि बढाउन चिकित्सा शिक्षा आयोगसँग माग गरेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend