मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पीजीका विद्यार्थीहरुले उच्च अदालत पाटनमा हालेको रिटको २७ गते पेशी, आदेश कुर्दै परिक्षार्थी

पीजीका विद्यार्थीहरुले उच्च अदालत पाटनमा हालेको रिटको २७ गते पेशी, आदेश कुर्दै परिक्षार्थी

images
२०८१ चैत्र २४ गते, आइतवार
२०८१ चैत्र २४ गते, आइतवार
  • काठमाडौं। चिकित्सा शिक्षा तर्फको पोष्ट ग्राजुएट्स (पीजी) तहको प्रवेश परीक्षा दिएका विद्यार्थीहरु उच्च अदालत पाटनको आदेशको पर्खाइमा छन।

    images

    नतिजामा असन्तुष्टी जनाउँदै उनीहरुले उत्तरपुस्तिका पुन: परीक्षणको माग गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको रिटको पेशी आगामी चैत २७ गतेका लागि तोकिएको छ। 

    images

    उनीहरुले अप्टिकल मार्क रिकन्जीनेशन (ओएमआर) मेसिनको प्रयोगबाट उत्तरपुस्तिका जाँच गरिएको र जाँचमा नै शंका लागेको भन्दै उत्तरपुस्तिका पुन: परीक्षणको माग गर्दै गत फागुन ९ गते रिट हालेका थिए।

    परीक्षामा सहभागी विद्यार्थी डा अभिषेक अमरले चिकित्सा शिक्षा आयोगले हतारहतार नतिजा प्रकाशित गरेको भन्दै ओएमाआर मेसिनको उत्तरपुस्तिका जाँचमा नै शंका लागेको बताए। उनका अनुसार आयोगले त्यस लगत्तै नयाँ ओएमआर मेसिन खरीदका लागि टेन्डरसमेत गरेको छ। 

    `ओएमआर मेसिनका कारण गडबडी भएको हो होइन जाँच गरौं, जति छिटो रिजल्ट भयो त्यसमा केही न केही गडबडी छ भन्ने शंका हो, झनै नयाँ मेसिनको टेन्डर भएपछि शंका थपिएको हो।´ डा अमरले एक्सरे नेपालसँग भने।

    उनले आफुहरु उच्च अदालतको आदेशको पर्खाइमा रहेकोसमेत बताए।

    `हामी आफ्नो ठाउँबाट अडिग छौं र कोर्टको आदेशको पखाइमा छौं, कोर्टको निर्णय जे आउँछ मान्न तयार छौं।´ उनले थपे।

    डा अमरका अनुसार आयोगले निकालेको नतिजामा १ हजार ५०० बढी विद्यार्थीले असन्तुष्टी जनाएका छन। रिटमा चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाइएको छ।

    आयोगलाई यसअघि पटकपटक उत्तरपुस्तिका पुन: परीक्षणका लागि आग्रह गर्दा पनि सुनुवाइ नगरिएपछि अदालत जानू परेको विद्यार्थीहरुको तर्क छ। परीक्षा गत माघको अन्तिम साता भएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend