मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पावर वाला चश्मामा लगाइने कर हटाउनु पर्छ : स्वास्थ्यमन्त्री पौडेल

पावर वाला चश्मामा लगाइने कर हटाउनु पर्छ : स्वास्थ्यमन्त्री पौडेल

images
२०८१ चैत्र २४ गते, आइतवार
२०८१ चैत्र २४ गते, आइतवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आँखा जस्तो संवेदनशील अंगमा प्रयोग हुने पावर वाला चश्मामा राज्यले लिने कर हटाउनु पर्ने बताएका छन।

    images

    अप्टिकल प्रोफेसनल एसोसिएसन अफ नेपाल (ओपान) ले शनिबार काठमाडौंमा आयोजना गरेको पहिलो अप्टिकल रिटेलर मिट २०२५ लाई सम्बोधन गर्दै मन्त्री पौडेलले विदेशबाट आयात हुने पावर चश्मामा राज्यले लिने गरेको कर हटाउनु पर्ने बताएका हुन। उनले त्यसका लागि आफुले पहल गर्ने प्रतिबद्धता पनि जनाए।

    images

    पौडेलले ब्यवसायीहरुलाई चश्माका विषयमा देखिएका समस्याहरुलाई दस्तावेज बनाएर ल्याउन आग्रह गर्दै ब्यवसायीबाट आएका समस्यालाई सरकारले सकेसम्म समाधान गर्ने बताए।

    ओपानका अध्यक्ष उमेशकुमार तुलाधरले कार्यक्रममा ब्यवसायीहरुले चश्मा क्षेत्रका समस्या, अवसर तथा चुनौतीहरुबारे स्वास्थ्य मन्त्रीलाई जानकारी गराइएको बताए।

    कार्यक्रममा ओपानमा आवद्ध ब्यवसायीहरुले आँखा जस्तो संवेदनशील विषयमा जोडिएको चश्माको विषयमा नीतिगत रुपमा नै राज्यले सोच्नु पर्ने धारणा राखेका थिए। 

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend