मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

९४ हजार ट्याब्लेट ट्रामाडोल सहित चार भारतीय नागरिक पक्राउ, एम्बुलेन्समा ल्याइदै थियो बिरामीसहित अबैध लागुऔषध

९४ हजार ट्याब्लेट ट्रामाडोल सहित चार भारतीय नागरिक पक्राउ, एम्बुलेन्समा ल्याइदै थियो बिरामीसहित अबैध लागुऔषध

images
२०८१ चैत्र २३ गते, शनिवार
२०८१ चैत्र २३ गते, शनिवार
  • काठमाडौं। नेपाल प्रहरीले ललितपुरको भट्टेडाँडास्थित चेकप्वाइन्टबाट अबैध लागुऔषध ट्रामाडोलसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    images

    ललितपुर प्रहरीले भारत रक्सौलबाट भारतीय नम्बर प्लेटकै एम्बुलेन्समा बिरामी लिएर काठमाडौं आउदै गरेको अवस्थामा चेकजाँचका क्रममा ९४ हजार ८० ट्याब्लेट ट्रामाडोल सहित चार भारतीय नागरिकलाई पक्राउ गरेको हो।

    images

    मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौं आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध ट्याब्लेट ट्रामाडोल सहित चार भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

    सो एम्बुलेन्सलाई प्रहरीले शनिबार बिहान पौने २ बजे  चेकजाँचका लागि रोकेको थियो। सो क्रममा चालक २२ वर्षीय मोहम्मद उमर सिद्दिकी एम्बुलेन्स र बिरामी छाडेर भागेका थिए। उनलाई प्रहरीले शनिबार बिहान साढे ६ बजे बागमती गाउँपालिकामा पर्ने छपेलीबाट नियन्त्रणमा लिएको जनाएको छ। उनी भारतीय नागरिक हुन्।

    प्रहरीले पक्राउ परेकाहरुलाई पत्रकारसम्मेलन गरेर सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा एम्बुलेन्समा ल्याइएका बिरामी ४५ वर्षीया नोर्जान खातुन पनि छन। उनी रक्सौलका भारतीय नागरिक हुन। 

    यसैगरी एम्बुलेन्सका मालिक भारत मोतिहारीका ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, मोतिहारी घर भएका २० वर्षीय समिर आलम र चालक २२ वर्षीय मोहम्मद उमर सिद्दिकीलाई प्रहरीले सार्वजनिक गरेको छ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बिरामीलाई कभरको रूपमा प्रयोग गरेर एम्बुलेन्स धनीले लागुऔषध कारोबार गरेको देखिएको बताएको छ।

    प्रहरीले यसअघि लागुऔषध कारोबारमा भरियालाई मात्र पक्राउ पर्ने गरेकोमा यसपटक एम्बुलेन्सधनी र लागुऔषध कारोबारमा संलग्न मुख्य व्यक्तिलाई समेत नियन्त्रणमा लिन सफल भएको जनाएको छ। लागुऔषध कारोबारमा संलग्न मुख्य व्यक्ति मोहम्मद मुन्ना अन्सारी रहेको प्रहरीको दाबी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend