मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बीपी राजमार्गमा रुटमा चल्ने सवारीसमेत संचालन हुने

बीपी राजमार्गमा रुटमा चल्ने सवारीसमेत संचालन हुने

images
२०८१ आश्विन २८ गते, सोमवार
२०८१ आश्विन २८ गते, सोमवार
  • काठमाडौं। गत ११ र १२ असोजमा परेको अविरल वर्षापछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्गमा रुटमा चल्ने सवारीसमेत संचालन हुने भएको छ।

    images

    बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको सडकमा डाइभर्सन बनाएर साना निजी सवारीसाधन संचालन गर्न दिइएकोमा अब रुटमा चल्ने यात्रुवाहक साना सवारी साधन पनि चल्न दिइने भएको हो। सो राजमार्गमा भोलि मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने छन।

    images

    यातायात ब्यवसायीको आग्रहपछी अनुमति प्राप्त सवारी साधनलाई चल्न दिइने तयारी भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सीडीई सुमन योगेशले जानकारी दिए।

    उनका अनुसार सडकलाई केहीकेही स्थानमा फराकिलो बनाउने काम भैरहेको छ। त्यसपछि भोलि मंगलबारदेखि रुटमा चल्ने अनुमति प्राप्त सवारीलाई चल्न दिइने छ।

    अहिले बीपी राजमार्ग अन्तर्गत चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनलाई ब्यवस्थित गर्ने काम हुँदैछ।साँझसम्म ती स्थानमा सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन संचालन गर्न दिइने छ। तर रातको समयमा भने सो सडकमा यात्रा गर्न दिइने छैन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend