मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मनसुन बाहिरियो:अब जाडो सुरुहुने

मनसुन बाहिरियो:अब जाडो सुरुहुने

images
२०८१ आश्विन २७ गते, आइतवार
२०८१ आश्विन २७ गते, आइतवार
  • काठमाडौं। २८ जेठ २०८१ मा नेपाल भित्रिएको मनसुन २६ असोजका दिन नेपालबाट बाहिरिएको छ। यस वर्षको मनसुन शनिबारदेखि पूर्णरुपमा नेपालबाट बाहिरिएको छ ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार २० असोजदेखि बाहिरिन सुरु गरेको मनसुन पश्चिम नेपालहुँदै पूर्णरूपमा बाहिरिएको हो । विभागले बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट शनिबार मनसुन बाहिरिएसँगै नेपालबाट पुर्ण रुपमा मनसुन बाहिरिएको जनाएको छ।

    images

    यसअघि २० असोजमा सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा २२ असोजमा कर्णाली, लुम्बिनी, गण्डकी तथा काठमाडौं उपत्यकाबाट पूर्ण रूपमा मनसुन बाहिरिएको बिभागले जनाएको छ।

    जलवायु परिवर्तनको असरले नेपालमा मनसुन आगमन र बहिर्गमन सरदर मितिभन्दा ढिलो हुने गरेको मौसमविदहरु बताउँछन्।

    पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ। पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ।

    मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ। मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ।

    यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण मौसमविदहरुको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend