मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दशैँको दुई दिनमै ६३ हजार २४२ जनाले गरे हवाई यात्रा

दशैँको दुई दिनमै ६३ हजार २४२ जनाले गरे हवाई यात्रा

images
२०८१ आश्विन २७ गते, आइतवार
२०८१ आश्विन २७ गते, आइतवार
  • काठमाडौं। दशैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका छन्।

    images

    २४ असोज (फूलपाती) र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन्।

    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार २४ असोजका दिनमा आन्तरिकतर्फ दुईतर्फी गरेर ३०१ उडानमार्फत १७ हजार ३२९ र २५ असोजका दिनमा  २७८ उडानबाट १४ हजार ४३६ गरी कुल ३१ हजार ७६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन्।

    यस्तै अन्तर्राष्ट्रियतर्फ २४ असोजमा दुईतर्फी १०७ उडानमार्फत १६ हजार ५०९ र २५ असोजमा पनि १०७ उडान हुँदा १४ हजार ९६८ गरी कुल ३१ हजार ४७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ। यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो।

    यसअघि यही १४ असोजमा एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएका थिए। ती उडानमार्फत सोही दिन ३५ हजाए ७०४ जनाले हवाईयात्रा गरेका छन्।

    ११ र १२ असोजको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो।

    अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो।

    अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ। यही १३, १४, १५ र १६ असोजमा हवाई उडान चाप बढेको थियो ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend