मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हेटौंडा–काठमाडौं सडकको हेभी क्षेत्र अवरुद्ध, अरनिको राजमार्ग सुचारु

हेटौंडा–काठमाडौं सडकको हेभी क्षेत्र अवरुद्ध, अरनिको राजमार्ग सुचारु

images
२०८१ आश्विन २७ गते, आइतवार
२०८१ आश्विन २७ गते, आइतवार
  • काठमाडौं । यही असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढीपहिरोले राजमार्ग एवम सडकहरु क्षतिग्रस्त छन् । तर अवरोधहरु पन्छाएर सवारी साधन गड्नसक्ने बनाइएपछि पुनः सुख्खा पहिरो आउनेक्रम जारी छ ।

    images

    यसै सिलसिलामा हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

    images

    इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ र कान्ति लोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताइन् ।

    अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलाइएको बताए ।

    सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएको थियो । स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसीभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको उनले बताए । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीचबाटोमा नै रोकिएका थिए ।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend