मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विश्वभर वडादशैंको टीका लगाइँदै, अक्टोबर १२ र २३ तारिखमा शुभ साइत

विश्वभर वडादशैंको टीका लगाइँदै, अक्टोबर १२ र २३ तारिखमा शुभ साइत

images
२०८१ आश्विन २७ गते, आइतवार
२०८१ आश्विन २७ गते, आइतवार
  • काठमाडौं । विदेशमा रहेका हिन्दुहरुले वडादशैंको टीका र आशीर्वाद ग्रहण गरिरहेका छन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सार्वजनिक गरेको साइतअनुसार टीका लगाउनेक्रम विश्वभर जारी छ । समितिले नेपालसहित ३२ देशका लागि बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ ।

    images

    तर अष्ट्रेलियालगायतका केही देशमा त्यहाँ रहेका हिन्दुहरुले नेपालका लागि निर्धारण गरिएको साइत अनुसार टीका लगाएका छन् । नेपालको काठमाडौंका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ थियो ।

    images

    तर अष्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टर मेलबर्नमा ११ बजेर ४५ मिनेटको शुभ साइतमा टीका लगाइएको छ । तर १३ अक्टोबरका लागि साइत निर्धारण गरिएका देशमा टीका ग्रहण गर्नेक्रम जारी छ । जापान, अष्ट्रेलिया, न्यूजिल्याण्ड, कोरिया, हङकङलगायतका देशमा १३ अक्टोबरका लागि साइत निर्धारण गरिएको छ ।

    समितिका सदस्य सचिव लक्ष्मण पन्थीका अनुसार १२ र १३ अक्टोबरका लागि उत्तम साइत निर्धारण गरिएको छ । भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९ र वोवेन्स्वोरोक बजे शुभ रहेको छ ।

    यस्तै, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।

    टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताए ।

    टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको छ । 

    लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०ः२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०:२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ः२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ः१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९ः१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ः४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ः५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको जनाइएको छ । 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend