मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपतिबाट  प्रधानमन्त्री ओली र अख्तियार प्रमुखसहित विशिष्ट ब्यक्तिले लगाए टीका

राष्ट्रपतिबाट  प्रधानमन्त्री ओली र अख्तियार प्रमुखसहित विशिष्ट ब्यक्तिले लगाए टीका

images
२०८१ आश्विन २६ गते, शनिवार
२०८१ आश्विन २६ गते, शनिवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विशिष्ट ब्यक्तिहरुलाई दशैंको टीका लगाइदिएका छन।

    images

    राष्ट्रपति पौडेलले शनिबार प्रधानमन्त्री ओलीसहित उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए।

    images

    यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारीलगायतका ब्यक्ति टीका ग्रहण गर्न शितलनिवास पुगेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

    यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गरेका छन।

    राष्ट्रपतिले आजै सर्वसाधारणलाईसमेत टीका लगाइ दिएका छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend