मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बडादशैं

मान्यजनका हातबाट धमाधम टीका थापिंदै

मान्यजनका हातबाट धमाधम टीका थापिंदै

images
२०८१ आश्विन २६ गते, शनिवार
२०८१ आश्विन २६ गते, शनिवार
  • काठमाडौं। हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैं अन्तर्गत आज देशभर आआफ्नो परम्पराअनुसार टीका लगाइदै छ।

    images

    पञ्चांग निर्णायक समितिले तय गरेको बिहान ११ः३६ बजेको उत्तम साइतमा टीका ग्रहण सुरु गरिएकोमा अहिले देशभर मान्यजनहरुबाट धमाधम टीका थापिंदै छ।

    images

    आफ्ना घरमा टीका लगाएर आफन्तकहाँ टीका ग्रहण गर्नका लागि धमाधम जानेक्रम चलिरहेको छ। देशभन्दा बाहिर भने केही स्थानमा रहेका नेपालीहरुले आजै टीका लगाएको भएपनि केही देशहरुमा भोली आइतबार टीका लगाउने तयारी छ। बडादशैंमा आफूभन्दा ठूलाबडाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने प्रचलन रही आएको छ।

    आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ।

    आजदेखि पुर्णिमसम्म टीका लगाइने गरिएको छ भने केही स्थानमा आज एक दिन मात्र टीका लगाइने गरिएको पाइन्छ। त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend