काठमाडौं। बिहीवार विहान विराटनगरबाट जनकपुर उड्न लागेको बुद्ध एयरको एटीआर विमानमा सवार एक यात्रुले ईमर्जेन्सी ढोका खोलेका छन।
काठमाडौंबाट जनकपुरका लागि उडेको विमान खराब मौसका कारण जनकपुरमा अवतरण गर्न नसकेपछि विराटनगर पुर्याइएको थियो। त्यहाबाट पुन: जनकपुरकालागि उड्दै गर्दा एक यात्रुले विमानको इमर्जेन्सी ढोका खोलेका हुन।
यात्रुले ढोका खोलेपछि उडान प्रभावित भएको र त्यसपछि प्राविधिक जाँचका लागि विमानलाई पार्किङवेमा पुर्याइएको सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए।
जनकपुरको मौसम सुधार भएपछी सो जहाज विराटनगरबाट उड्न ट्याक्सीवेबाट धावनमार्ग पस्दै थियो। सो क्रममा यात्रुले ढोका खोलेका हुन।
जहाजका यात्रु पंकजविक्रम शाहले इमर्जेन्सी ढोका खोलेका थिए । उनी इमरजेन्सी ढोका छेवैमा बसेका थिए।
यसअघि २ अक्टोबरका दिन विराटनगरबाट काठमाडौंको उडानमा र ७ अक्टोबरका दिन नेपालगञ्जबाट काठमाडौंको उडानमा पनि यात्रुले बुद्ध एयरको इमर्जेन्सी ढोका खोलेका थिए।
हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजायँ हुने प्रावधान छ।



