मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसको स्टार्टअप र एसएमइ सम्मेलन, ८० भन्दा बढी प्रदर्शनी : ६ हजार सहभागीले अवलोकन गर्ने

कांग्रेसको स्टार्टअप र एसएमइ सम्मेलन, ८० भन्दा बढी प्रदर्शनी : ६ हजार सहभागीले अवलोकन गर्ने

images
२०८१ माघ १२ गते, शनिवार
२०८१ माघ १२ गते, शनिवार
  • ललितपुर। नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते आयोजना गर्न लागेको ‘नेपाल स्टार्टअप र एसएम्इ सम्मेलन २०२५’ को तयारी अन्तिम चरणमा पुगेको छ।

    images

    कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले दुई दिने सम्मेलन आयोजना गर्न लागेको हो। सो बारे शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले जानकारी गराएको हो।

    images

    नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने र देशको आर्थिक रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको कांग्रेस केन्द्रीय सदस्य एवम विभागकी प्रमुख उर्मिला थपलियाले जानकारी दिइन।

    कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजना हुने सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन।

    विभागकी प्रमुख थपलियाले उद्यमशीलता क्षेत्रमा नयाँ उर्जा भर्ने र देशको आर्थिक रुपमान्तरणमा योगदान दिनका लागि एउटै छानामुनि कार्यक्रम गर्न लागेको जानकारी दिइन्।

    ‘साना एवम मझौला उद्यमीहरुको साझा नीतिगत समस्या, उत्पादनको बजारीकरण र प्रवर्द्धन साथै कांग्रेसले उद्यमीहरुका मुद्दामा अब गर्नुपर्ने कामहरु केके हुन भनेर निष्कर्ष निकाल्न सम्मेलनको आयोजना गरिएको हो ।’ थपलियाले भनिन।

    उनले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्ने गुनासोलाई सम्बोधन गर्न सम्मेलन प्रभावकारी हुने दावी गरिन्।

    ‘डिजिटल अर्थतन्त्रको विकास, महिला एवम युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न साथै पार्टीलाई युवामैत्री र उद्यमशीलतामा अग्रसर बनाउन सम्मेलन उपयोगी हुनेछ।’ उनले भनिन्।

    पत्रकार सम्मेलनमा पार्टी प्रचार विभागका गोपाल झाले सम्मेलनले गाउँ गाउँका उद्यमीहरुलाई पार्टीसँग जोड्न मद्दत पुग्ने बताए। सम्मेलनमा उत्पादित वस्तुहरुको प्रदर्शनी एवम विभिन्न विषयबस्तुमाथि प्यानल डिस्कस हुने विभागमा सचिव खगेन्द्र आचार्यले जानकारी दिए।
     
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद, स्थानीय तथा प्रदेश सरकारका नेतृत्व, उद्योग र उद्यमशीलता क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति रहनेछ।

    सम्मेलनमा ८० भन्दा बढी स्टार्टअप र एसएमइहरुको प्रदर्शनी हुनेछ। सम्मेलन मार्फत नवप्रवर्तन र सेवाहरूको अवलोकन गर्दै सहभागीहरूले नयाँ व्यवसायिक सम्भावनाहरू पत्ता लगाउने अपेक्षा गरिएको छ।

    सम्मेलनमा ६ हजार भन्दा बढी ब्यक्ति सहभागी हुनेछन। युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता, र प्राविधिक विशेषज्ञहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

    थिमेटिक प्यानल छलफलहरूमा नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता, र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुने बताइएको छ।

    यस सम्मेलनले नेपालको स्टार्टअपहरुको प्रवर्द्धन र उद्यमशीलताको वातावरण निर्माणका लागि विशेष भूमिका खेल्ने विश्वासको साथै कार्यक्रमबाट प्राप्त हुने छलफल र सुझावहरूले व्यवसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

    सम्मेलनमा पूर्वगर्भनर चिरन्जिवी नेपाल, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योगी विधुषी राणा, शोभा ज्ञवाली, निर्वाण चौधरी, प्राध्यापक डाक्टर भीम श्रेष्ठ, प्राडा महानन्द चालिसे, उद्योगी अम्बिका पौडेल, एनआरएनए अभियन्ता रविना थापालगायतका डेढ दर्जनबढी विशिष्ट व्यक्तिहरुले सम्मेलनको प्यानल डिस्कसनमा सहभागिता जनाउने बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend