मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य बीमाको प्रीमियम रकम तिर्न नसक्नेलाई राज्यले सघाउने गरेर निर्देशिका फेर्न खोजिंदैछ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बीमाको प्रीमियम रकम तिर्न नसक्नेलाई राज्यले सघाउने गरेर निर्देशिका फेर्न खोजिंदैछ : स्वास्थ्यमन्त्री पौडेल

images
२०८१ माघ १२ गते, शनिवार
२०८१ माघ १२ गते, शनिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सबै नागरिकको पहुँचमा पुर्याउने गरेर सरकारले काम गरिरहेको बताएका छन।

    images

    शनिबार स्वास्थ्य पत्रकार मञ्च नेपालको छैठौं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सबै नागरिकका बिचमा स्वास्थ्य सेवाको पहुँच सरल र सहज बनाउने गरेर सरकारले काम गरिरहेको बताए। त्यसकाआगि स्वास्थ्य बीमा भित्र नागरिकलाई समेट्ने प्रयासमा सरकार रहेको उनको भनाइ छ।

    images

    मन्त्री पौडेलले अगाडि भने,`सबै नागरिकलाई स्वास्थ्य सेवाको समान पहुँच पुर्याउने दायित्व सरकारको हो, त्यसका लागि स्वास्थ्य बीमामा नागरिकको सहभागिता बढाउँदै दायरालाई समेत ब्यवस्थित बनाउनु पर्छ, त्यसकालाई उपचार बापत बीमाको प्रीमियम तिर्न नसक्ने नागरिकका लागि सरकारले नै प्रीमियम तिरिदिने गरेर निर्देशिकामा परिवर्तन गर्ने काम अघिबढिरहेको छ,´ मन्त्री पौडेलले भने।

    उनले स्वास्थ्य सेवामा समाजवाद ल्याउनका लागि पनि  बीमालाई ब्यवस्थित बनाउन जरुरी रहेको बताए। त्यसका लागि हरेक नागरिकले कसरी बिमामा योगदान गर्न सकिन्छ भन्ने तर्फ सोच्नु पर्ने उनले बताए। 

    `३५ सय तिर्न सक्नेलाई त्यति नै लिउँ, रोजगारीमा आबद्धहरुबाट अलि बढी प्रीमियम लिउँ, तिर्नै नसक्नेलाई राज्यले लगानी गर्नु पर्छ, तीन प्रकारको प्रीमियमको ब्यवस्था गर्न सकिन्छ।´ मन्त्री पौडेलले अघि भने।

    मन्त्री पौडेलले क्यान्सरका बिरामीलाई किमोका लागि प्रयोग हुने औषधि निशुल्क पाउने गरि ब्यवस्था गर्न लागिएकोसमेत बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend