काठमाडौं। स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन्।
शनिबार काठमाडौंमा सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनबाट काफ्लेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। निर्वाचन प्रक्रियाका क्रममा वरिष्ठ उपाध्यक्ष र सदस्य बाहेकका अन्य सबै पदाधिकारी चयनका लागि मतदान भएको थियो। नयाँ कार्यसमितिको पदावधी दुई वर्षको हुनेछ।
निर्वाचन प्रक्रियाका क्रममा वरिष्ठ उपाध्यक्ष बुद्धि कट्टेल निर्विरोध निर्वाचित भए। यस्तै दुई उपाध्यक्ष पदका लागि महेश तिमल्सिना विजयी हुँदा अर्को एक पदमा सञ्जीता खनाल र शरद शर्माले बराबर मत प्राप्त गरे। उनीहरुमध्ये गोलाप्रथाबाट आलोपालो पदमा रहने सहमतिपछि खनाल पहिलो वर्षको लागि उपाध्यक्ष बनिन भने शर्मा दोस्रो वर्षका लागि उपाध्यक्ष चयन भए।
यस्तै महासचिवमा शिवहरि घिमिरे, सचिवमा ज्योति अधिकारी र कोषाध्यक्षमा सिर्जना खत्री विजयी भएका छन।
यसैगरी सदस्यहरुमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष राई, कृष्ण आचार्य, भोला अधिकारी, लक्ष्मी चौलागाईँ, विना न्यौपाने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
यस्तै अधिवेशनबाट बासुदेव न्यौपानेलाई लुम्बिनी प्रदेश संयोजकमा निर्विरोध निर्वाचित भएका छन। यसैगरी वीरबहादुर तामाङ बागमती प्रदेश र मोहसिन अलि मिया गण्डकी प्रदेश संयोजकमा निर्विरोध निर्वाचित भएका छन। तुलसा घिमिरेलाई भने प्रवास संयोजक बनाइएको छ।



