मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भारत रेल दुर्घटना : मृत्युु हुने नेपालीको को कहाँका?

भारत रेल दुर्घटना : मृत्युु हुने नेपालीको को कहाँका?

images
२०८१ माघ १२ गते, शनिवार
२०८१ माघ १२ गते, शनिवार
  • काठमाडौं।
    परराष्ट्र मन्त्रालयले भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका सबै नेपालीको नाम र ठेगाना सार्वजनिक गरेको छ।

    images

    परराष्ट्र मन्त्रालयका अनुसार रेल दुर्घटनामा ७ नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ। दुर्घटनामा परी आफन्त गुमाएका परिवारजनप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    images

    मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका ४३ वर्षीय कमला नवीन भण्डारी र ४० वर्षीयलछिराम पासी छन्। 
    यस्तै अछामका चार जनाको सो दुर्घटनामा निधन भएको छ।

    जसमा ११ वर्षका हिन्दुराम विश्वकर्मा, ४४ वर्षका नन्दराम पद्य विश्वकर्मा, ४२ वर्षका मैसारा कामी विश्वकर्मा र ६ वर्षका जोक्ला उर्फ कला कामी छन्। त्यस्तै रेल दुर्घटनामा बाँकेका ३२ बर्षीय राधेश्याम राधको पनि निधन भएको छ।

    दुर्घटनामा घाइते भएका ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ।

     मृत्यु भएका नेपालीको शव ल्याउन तथा घाइतेको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवम् सहजीकरण गरिरहेको जनाइएको छ।

    गत माघ ९ गते साँझ भारतको महाराष्ट्र राज्य जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै रेल दुर्घटना भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend