मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हिमोफिलियाका बिरामीलाई महँगा औषधी निःशुल्क उपलब्ध गराउँदै सरकार

हिमोफिलियाका बिरामीलाई महँगा औषधी निःशुल्क उपलब्ध गराउँदै सरकार

images
२०८१ माघ १० गते, बिहिवार
२०८१ माघ १० गते, बिहिवार
  • काठमाडौं। सरकारले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने भएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क रुपमा औषधी उपलब्ध गराउने निर्णय गरेका हुन।

    images

    निकै महँगो भएकाले सो रोगका लागि आवश्यक पर्ने औषधि निशुल्क हुने ब्यवस्थाका लागि बिरामी तथा सरोकारवालाहरुले सरकारसँग आग्रह गर्दै आएका थिए।

    जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ।

    `हिमोफिलिया रोगका बिरामीका लागि आवश्यक पर्ने औसधि विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौं,´ मन्त्री पौडेलले भने, `धेरै पीडित तथा सरोकारवालाबाट महँगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध स्वीकार गरेका छौं।´

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो औसधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए।

    नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामी पहिचान भएका छन्। तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ।

    २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हिमोफिलिया भएको हुनसक्ने ठानिएको छ। मन्त्रालयले संघीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधी उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend