मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पाँचथरको फालेलुङमा राष्ट्रवादबारे बहस, नेता राईको पुस्तकमाथि समीक्षा

पाँचथरको फालेलुङमा राष्ट्रवादबारे बहस, नेता राईको पुस्तकमाथि समीक्षा

images
२०८१ माघ ९ गते, बुधवार
२०८१ माघ ९ गते, बुधवार
  • फिदिम । राष्ट्रवादको मुद्दालाई कसैमाथि गाली र आलोचना नभइ उत्पादनसँग जोड्नुपर्नेमा युवाहरुले आफ्नो धारणा राखेका छन् । भारतको पंश्चिम बंगाल, सिक्किम र नेपालको सिमानामा पर्ने पाँचथरको फालेलुङ–३ मा आयोजित अन्तरक्रियामा युवाहरुले राष्ट्रवादलाई उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्ने धारणा राखेका हुन् । 

    images

    नेपाली कांग्रेसका युवा नेता लाओस राईद्धारा लिखित ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम’ पुस्तकमाथि केन्द्रित भएर गरिएको अन्तक्रियाका वक्ताहरुले राष्ट्रवादका नाममा छिमेकी देशलाई गाली गर्ने र नेपाली नेताहरुको आलोचना गर्ने प्रबृत्ति बढेकोमा चिन्ता व्यक्त गरे ।

    images

    पुस्तकका लेखक एवम नेता लाओस राईले नेपालमा राष्ट्रवादको गलत र आलोचनात्मक रुपमा मात्र व्याख्या गर्ने गरिएको उल्लेख गर्दै आधुनिक युगमा राष्ट्रवादलाई उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्ने बताए । फालेलुङ ३ का वडाध्यक्ष शक्ति केरुङले लेखक राईको पुस्तकमा राष्ट्रवादको स्पष्ट र वास्तविक व्याख्या गरिएकाले सबैले पढ्नुपर्ने बताए । उनले भने,‘राष्ट्रवादबारे युवा मस्तिष्कमा गम्भीर चिन्तन, तथ्यपूरक तर्क हुनुपर्ने र समसामयिक नेपाली राजनीतिक बिचलनमा खबरदारी गर्नुपर्छ ।’

    नेपाल किसान संघका केन्द्रीय सदस्य अनिष गुरुङले राष्ट्रवादको सही अर्थत र परिभाषा बुझेर गलत भाष्यलाई चिर्न युवाहरु सक्रिय हुनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश प्रतिनिधि अमिर केरुङले राष्ट्रवादलाई अर्थतन्त्रसँग जोडेर युवाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगाउनसके मात्र राष्ट्रवादको सही विश्लेषण हुने धारणा राखे ।  जिपी कोइराला फाउन्डेसनका प्रविण ओलीलगायतले राष्ट्रवादबारे देशव्यापी अभियान संचालन गर्नुपर्ने धारणा राखे ।

    राष्ट्रवाद र राष्ट्रप्रेमबारे गलत बुझाइलाई चिर्दै उत्पादन र अर्थतन्त्रमा जोड्ने अभियान लिएर कोशी प्रदेशका जिल्लाहरुको भ्रमणमा रहेको नेता राईले विभिन्न पालिकामा पुगेर युवाहरुसँग अन्तरक्रिया गरेका थिए । उनको पुस्तकमाथि विभिन्न स्थानमा समीक्षा समेत गरिएको थियो । 

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend