मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हर्क साम्पाङको सिंहदरबारलाई पत्र ‘सेवा ढोग गरेँ’

हर्क साम्पाङको सिंहदरबारलाई पत्र ‘सेवा ढोग गरेँ’

images
२०८१ आश्विन २२ गते, मंगलवार
२०८१ आश्विन २२ गते, मंगलवार
  • काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले विकास निर्माणमा आफूले गरिरहेको काममा सरकारी तवरबाट असहयोग भएको भन्दै केन्द्रीय प्रसाशनिक केन्द्र सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पत्र पठाएका छन्।

    images

    साम्पाङले सोमबार बोलीचालीकै भाषामा सरकारका नाममा पत्र लेख्दै आफूले धरानमा गरिरहेको काममा सरकारी तवरबाटै असहयोग भएको गुनोसो पाखेका छन्।

    images

    उनले पत्रमार्फत् फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेटको मागपनि गरेका छन्।

    ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्‍यो, फोहोर जंगलमा फ्याँक्दा व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ, साथै फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ,वर्षेनी सुक्खायाममा फोहोरमा आयो लागेर डढेलो लागेर विजोग हुन्छ, तार घेरा लाउन लाको वनका मान्छे आएर डोजरले भत्काइदिए।’ उनले पत्रमा लेखेका छन्।

    यसैगरी मेयर साम्पाङले पटकपटक पत्र पठाएको भएपनि केन्द्र सरकारबाट कुनै किसिमको समन्वय नभएकोप्रतिसमेत पत्रमा उल्लेख गरेका छन्।

    ‘यो विषयमा पत्र पठाएको पनि धेरै भयो, अध्ययन गर्ने भन्छन् कति लामो अध्ययन हो? कति वर्षे कोर्ष हो ?’ जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ, हाम्रो सरकार र कानुनलाई प्रक्रिया माथि प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ, लौन सरकार लौन सरकार खत्रा लाग्नुपर्‍यो, सेवा ढोग गरेँ फेरि पनि,’ उनले पत्रलाई टुंगाउँदै लेखेका छन्। 

    उनले पत्रको बोधार्थ अर्थ र वन मन्त्रालय दिएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend