मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सर्वसाधारणमाथि बुट बजार्ने प्रहरी निलम्बित

सर्वसाधारणमाथि बुट बजार्ने प्रहरी निलम्बित

images
२०८१ माघ ७ गते, सोमवार
२०८१ माघ ७ गते, सोमवार
  • काठमाडौं। चितवनमा चेकजाँचका क्रममा सर्वसाधारण ब्यक्तिलाई कुट्ने प्रहरी निलम्बित भएका छन।

    images

    चेकिङका क्रममा सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेका हुन। उनी चितवनको गणेशधाम प्रहरी बिटमा कार्यरत थिए।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार सो घटना गत पुस १५ गते रातिको हो। भरतपुर महानगरपालिका–११ खोले गुम्बानजिकै बाइपास रोडमा घटना भएको प्रहरीले जनाएको छ।

    असइ भुजेलले `कसलाई फोन गर्छस गर´ भन्दै ती युवकलाई लखेट्दै बुट बजारेका थिए। सडकमा चेकिङका लागि बसेका प्रहरीले निर्घात कुटपिट गरेको घटनाको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ। सो भिडियोमा प्रहरीले ती युवकमाथि पटकपटक बुट बजारेका छन।

    ‘माथिको पावर देखाएको, कसलाई फोन गर्छस गर´ भन्दै सडकमा चेकिङमा खटिएका प्रहरीले ती युवकलाई लखेट्दै लात्तीले हानेर लडाएको भिडियोमा देखिन्छ। ती युवक लडेपछि पनि प्रहरीले उनीमाथि पटकपटक बुट बजारेका छन्।

    चितवन प्रहरीले घटनाका सम्बन्धमा छानबिन गर्न डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

    जिल्ला प्रहरी कार्यालय चितवनका एसपी मिश्रले घटनाको छानबिन हुने र अनुसन्धान पश्चात दोषी देखिएकालाई कारबाही हुने बताएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend