मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`कसलाई फोन गर्छस गर´ भन्दै प्रहरीले युवकमाथि बुट बजारे : छानबिन गर्दै प्रहरी

`कसलाई फोन गर्छस गर´ भन्दै प्रहरीले युवकमाथि बुट बजारे : छानबिन गर्दै प्रहरी

images
२०८१ माघ ७ गते, सोमवार
२०८१ माघ ७ गते, सोमवार
  • चितवन। यतिबेला सडकमा चेकिङका लागि बसेका प्रहरीले एक युवक माथि निर्घात कुटपिट गरेको घटना सामाजिक संजालमा भाइरल बनेको छ। सो भिडियोमा प्रहरीले ती युवकमाथि पटकपटक बुट बजारेका छन।

    images

    सो घटना चितवनको भरतपुर महानगरपालिका अन्तर्गत पर्ने बाइपास सडकखण्डको भएको बताइएको छ। चितवन प्रहरीले घटनाका सम्बन्धमा छानबिन सुरु भएको बताएको छ। घटना कहिलेको हो भन्ने खुलेको छैन।

    images

    ‘माथिको पावर देखाएको, कसलाई फोन गर्छस गर´ भन्दै सडकमा चेकिङमा खटिएका प्रहरीले ती युवकलाई लखेट्दै लात्तीले हानेर लडाएको भिडियोमा देखिन्छ। ती युवक लडेपछि पनि प्रहरीले उनीमाथि पटकपटक बुट बजारेका छन्।

    जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको बताए। उनले घटनाको अनुसन्धान पश्चात दोषी देखिएकालाई कारबाही हुने प्रष्ट पारे।

    घटना भएको लोकेसन भेरिफाइ गरिरहेको र भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराइने उनले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend