मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दशैं सुरक्षा

देशभर ६० हजार प्रहरी परिचालन, काठमाडौंमा ७६ वटा ‘क्युआरटी’

देशभर ६० हजार प्रहरी परिचालन, काठमाडौंमा ७६ वटा ‘क्युआरटी’

images
२०८१ आश्विन २२ गते, मंगलवार
२०८१ आश्विन २२ गते, मंगलवार
  • काठमाडौं। दशैंका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै दशैं सुरक्षाका लागि देशभर ६० हजार नेपाल प्रहरी तैनाथ गरिएको छ।

    images

    प्रहरीले दशैंका बेला हुनसक्ने सम्भावित अपराध तथा चोरी, लुटपाट, डकैती, कुटपिट जुवातास, मदिरा सेवन गरी झैझगडा हुने जस्ता घटनालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले देशभर ६० हजार प्रहरी दशैं सुरक्षाका लागि परिचालन गरेको हो।

    images

    काठमाडौं उपत्यकामा मात्रै दशैं सुरक्षाका लागि १० हजार प्रहरी परिचालन गरिएको छ। यस्तै कैयौं स्थानमा सादा पोशाकका प्रहरी पनि खटाइएको छ। काठमाडौंमा गस्तीका लागि मात्रै ७६ वटा ‘क्युआरटी’ गस्ती टोली परिचालन गरिएको छ। नेपाल प्रहरीमा ७९ हजार ५४१ दरबन्दी रहेकोमा ४ हजार दरबन्दी रिक्त छ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी दानबहादुर कार्कीले दशैंमा हुन सक्ने सम्भावित घटनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए।

    ‘दशैंमा हुन सक्ने सम्भावित घटनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिन सक्ने गरी व्यवस्था मिलाक्ष्एको छ, देशभर ६० हजार प्रहरी फिल्डमा हुनेछन्,’ प्रहरी प्रवक्ता कार्कीले भने।

    सादा पोशाकमा खटिएका प्रहरीले भने सुक्ष्म रुपमा सम्भावित घटनाको सूचना संकलन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले त्यस्ता केही स्थानहरुलाई नोटिसमा राखिएकोसमेत जनाएको छ।

    काठमाडौं उपत्यकामा खट्ने प्रहरीहरु उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहतबाट परिचालन हुनेछन्। काठमाडौं, ललितपुर र भक्तपुरमा ती प्रहरीहरुले सुरक्षा प्रदान गर्ने छन्। उपत्यकाबाट घर छाडेर बाहिरिनेहरुको घर कोठा खाली हुने भन्दै घटना भएको स्थानमा १० मनिेट भित्रै प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको प्रहरीले बताएको छ।

    काठमाडौंमा १४ वटा एरिया निर्धारण गरे डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको छ। यस्तै दुई रुटमा लङ रेञ्ज गस्ती, ४२ रुटमा सर्ट रेञ्ज गस्ती, ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको छ।

    काठमाडौंम सादा पोशाकमा ३८ वटा टोली बिभिन्न स्थानमा खटाउने गरी व्इवस्था मिलाइएको छ छ। यस्तै सिल एण्ड सर्च र कर्डन सर्चको रुपमा २८ टोली खटाइने छ भने विभिन्न २२ ठाउँमा एम्बुसिङ चेकिङ गर्ने प्रहरीको तयारी छ।

    यसैगरी काठमाडौं भित्रिने तथा बाहिरिने नाकाहरुमा अपराध अनुसन्धानमा अब्बल मानिएका तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend