मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पहिलो ६ महिनामा ३ अर्ब बढी खुद नाफामा नबिल बैंक

पहिलो ६ महिनामा ३ अर्ब बढी खुद नाफामा नबिल बैंक

images
२०८१ माघ ७ गते, सोमवार
२०८१ माघ ७ गते, सोमवार
  • काठमाडौं। नबिल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ काे पहिलो ६ महिनामा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

    images

    गत वर्षको सोही अवधिमा भने ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको नबिलले यो वर्ष त्यसमा सिमान्त वृद्धि गरेको हो। बैंकको खुद ब्याज आम्दानीमा गिरावट आए पनि कमिसन तथा शुल्क आम्दानी बढेपछि नाफामा सामान्य वृद्धि भएको हो।

    images

    गत आव पहिलो ६ महिनामा बैंकको ब्याज आम्दानी ८ अर्ब २४ करोड रुपैयाँ रहेकोमा यस वर्ष त्यो ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाखमा अडेको छ।

    बैंकको खुद शुल्क तथा कमिसन आम्दानी गत वर्ष १ अर्ब ४८ करोड ४३ लाख बाट १.८२ प्रतिशत बढेर १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ पुगेको छ।

    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। बैंकको ईपीएस २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend