मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सभापति कप फुटबल प्रतियोगिता गर्दै कांग्रेस : विजेतालाई २६ लाख पुरस्कार

सभापति कप फुटबल प्रतियोगिता गर्दै कांग्रेस : विजेतालाई २६ लाख पुरस्कार

images
२०८१ माघ ६ गते, आइतवार
२०८१ माघ ६ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसले आगामी माघ १० देखि १७ गतेसम्म सभापति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

    images

    कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा माघ १० देखि सभापति कप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो। सो प्रतियोगितामा कुल आठ टिम सहभागी हुँदैछन।

    images

    प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी क्लब, चर्च ब्याइज फुटबल क्लब, मछिन्द्र क्लब, संकटा क्लब, एनआर टी क्लब, फ्रेण्ड्स फुटबल क्लब र आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश सहभागी हुनेछन।

    प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने तय भएको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिका संयोजक एवं नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले जानकारी दिए।

    प्रतियोगिता दशरथ रंगशालामा आयोजना हुने छ। प्रतियोगिताका क्रममा फाइनल बाहेक सबै खेल दिउँसो ३ बजेदेखि सुरू हुने बस्नेतले जानकारी दिएका हुन। तर सेमिफाइनल र फाइनल खेल भने दिउँसो साँढे ४ बजेपछि हुनेछ। 

    फाइनल खेलअघि माघ १६ गते प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने छ। बस्नेतले प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड ४० लाख खर्च हुने अनुमान गरिएको बताए। प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउनेछन।

    यस्तै हरेक टोलीलाई प्रत्येक खेल बराबर ५० हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोल किपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उदीयमान खेलाडीलाई २५ हजार तथा प्लेयर अफ दी म्याचलाई १५ हजार प्रदान गरिनेछ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend