मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाक्लो हुस्सुका कारण सडक दुर्घटनामा एकै परिवारका तीन जना घाइते, एकलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

बाक्लो हुस्सुका कारण सडक दुर्घटनामा एकै परिवारका तीन जना घाइते, एकलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

images
२०८१ माघ ६ गते, आइतवार
२०८१ माघ ६ गते, आइतवार
  • सिरहा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१३ मा विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्।

    images

    पश्चिमबाट पूर्वतर्फ आइरहेको बा १८ प ८३२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ प ७९ नम्बरको संकल्प विद्या आश्रमको बसले ठक्कर दिँदा उदयपुरको एकै परिवारका तीनजना घाइते भएका हुन्।

    images

    इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार घाइते हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–६ देउरीका ४० वर्षीय किरण थापा, उनकी श्रीमती २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजा कुमारी थापा रहेका छन्।

    घाइतेको लहान प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

    घाइते किरण सिरहाको मिर्चैया नगरपालिकास्थित स्वस्तीक पाठशाला स्कुलमा लेखापालको रुपमा कार्यरत थिए। उनी घर फर्किने क्रममा दुर्घटना परेका हुन्। बस चालक दिपेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend