मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा २२ जनाविरुद्ध मुद्दा दर्ता

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा २२ जनाविरुद्ध मुद्दा दर्ता

images
२०८१ माघ ६ गते, आइतवार
२०८१ माघ ६ गते, आइतवार
  • रुपन्देही।  रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवी लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ।

    images

    बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी २२ जनाविरुद्ध आइतबार पूरक मुद्दा जिल्ला अदालतमा दर्ता भएको हो।

    images

    जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीका अनुसार लामिछाने र पूर्वडीआइजी  छविलाल जोशीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।

    मरासिनीका अनुसार जिल्ला अदालतमा २२ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको र तीमध्ये १७ जनाविरुद्ध थप मुद्दा दर्ता भएको छ।

    सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ।

    सो रकममध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ। प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्व डीआइजी जोशीसहित  १४ जनालाई  मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रवार नै जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।

    अनुसन्धान प्रतिवेदनमा लामिछानेविरुद्ध व्यक्तिगत रूपमा २ करोड  र गोर्खा मिडियाका नाममा  (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ।

    यसैगरी जोशीविरुद्ध २ करोड ५० लाख र गोर्खा मिडियाको (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

    यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार  बिगो माग दाबी प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend