काठमाडौं। दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ।
संस्थानले बिहीबार काठमाडौं महानगरलाई १ करोड २ लाख ८७ हजार रुपैयाँ सम्पत्ति कर बुझाएको हो।
२०८१ पुस २८ गतेको मूल्याङ्कन बमोजिम वडा नम्बर २६ कार्यालय लैनचौरमा संस्थानले १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो।
आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गा/सम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला भएको हो।
सो वडाका वडासचिव केदार रिमालले २०४९/०५० देखि हालसम्मको घरजग्गा/सम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला भएको उनले जानकारी दिएका हुन।



