मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंबाट रवी लामिछाने ६० लाख धरौटीमा रिहा : अब कहाँकहाँ छ मुद्दा?

काठमाडौंबाट रवी लामिछाने ६० लाख धरौटीमा रिहा : अब कहाँकहाँ छ मुद्दा?

images
२०८१ माघ २ गते, बुधवार
२०८१ माघ २ गते, बुधवार
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटी बुझाएर रिहा भएका छन्।

    images

    बुधबार जिल्ला अदालत काठमाडौंमा ६० लाख धरौटी बुझाएर उनी रिहा भएका हुन्। लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका छन।

    images

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

    लामिछाने माथिको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश अधिकारीको इजलासले उनलाई हिरासत मुक्त भएरै मुद्दाको पुर्पक्ष गर्न पाउने गरि आदेश गरेको हो।

    कालिमाटीमा मुख्य कार्यालय रहेको सो सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड रूपैयाँ संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ अभियुक्तविरुद्ध गत पुस २१ गते जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

    पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा भएको थुनछेक बहसपछि समेत उनी गत पुस २५ गते धरौटीमा रिहा भएका थिए। पोखरा जिल्ला अदालतमा लामिछानेले बैंक ग्यारेन्टी मार्फत नै ६५ लाख धरौटी बुझाएका थिए।

    लामिछानेविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप छ। ती जिल्लामा समेत मुद्दा अभियोजनको प्रक्रियामा छ। अब उनी ती जिल्लामासमेत आफै उपस्थित हुने बताएका छन। काठमाडौंमा समेत उनी आफै उपस्थित हुन आएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend