मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रवी लामिछानेको मुद्दामा आज पनि थुनछेक

रवी लामिछानेको मुद्दामा आज पनि थुनछेक

images
२०८१ माघ २ गते, बुधवार
२०८१ माघ २ गते, बुधवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा (रास्वपा) का सभापति रवी लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ।

    images

    लामिछानेको मुद्दा  माथिको थुनछेक बहस गत सोमबार नसकिएपछि उनलाई काठमाडौं प्रहरीको हिरासतमा पठाइएको थियो भने मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। हिजो मंगलबार सार्वजनिक बिदा परेकाले आज पुन: थुनछेक बहस हुँदैछ।

    images

    लामिछानेको मुद्दा  जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा छ। इजलासमा सोमबार जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारी र दिनेश त्रिपाठी तथा अन्य ९ जना सरकारी वकिलले बहस गरेका थिए।

    लामिछाने तर्फका वकिलहरुको वहस भने बाँकी नै छ।लामिछाने पक्षका कानुन व्यवसायीले आज बुधबार बहस गर्नेछन्। उनीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

    काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा लामिछानेसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ। कालिमाटीमा मुख्य कार्यालय रहेको सो सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड रूपैयाँ संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ अभियुक्तविरुद्ध गत पुस २१ गते काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

    पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा भएको थुनछेक बहसपछि उनी गत पुस २५ गते धरौटीमा रिहा भएका थिए। 

    लामिछानेविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप छ। ती जिल्लामा समेत मुद्दा अभियोजनको प्रक्रियामा छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend