काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र ७ गतेदेखि सुरु हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।
तालिका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ–अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ–अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ।
तालिका अनुसर परीक्षा चैत १९ गते मङ्गलवार सकिने छ। परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित हुने छ।



