मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

२५ एसपी एसएसपीमा बढुवा सिफारिस, कोको परे?

२५ एसपी एसएसपीमा बढुवा सिफारिस, कोको परे?

images
२०८१ पौष २९ गते, सोमवार
२०८१ पौष २९ गते, सोमवार
  • काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका जनपद प्रहरीतर्फका २५ जना एसपीहरुलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको छ।

    images

    सोमबार बसेको बढुवा समितिको बैठकपछि सचिवालयले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो।

    images

    बढुवा सूचीको पहिलो नम्बरमा रमेश थापा छन्। त्यसपछि अजय केसी, अनुपम शम्शेर जवरा, बीरबहादुर बुढामगर र नवराज अधिकारी क्रमश बढुवामा परेका छन्।

    कृष्णप्रसाद कोइरालाको नाम छैठौं नम्बरमा सिफारिसमा परेको छ भने होविन्द्र बोगटी सातौं नम्बरमा सिफारिसमा परेका छन। त्यसपछि क्रमशः कृष्ण प्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्यामकुमार महतो बढुवा सिफारिसमा परेका छन्। महतोको नाम दशौं नम्बरमा छ।

    बढुवा समितिले कुल २५ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको जनाएको छ। 

    यी हुन एसएसपी बढुवाका लागि सिफारिसमा परेका एसपीहरु:

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend