मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपतिद्वारा निर्माणाधीन संसद भवनको अवलोकन, बन्दै १२ वटा ब्लक सहितको भव्य संरचना

राष्ट्रपतिद्वारा निर्माणाधीन संसद भवनको अवलोकन, बन्दै १२ वटा ब्लक सहितको भव्य संरचना

images
२०८१ पौष २९ गते, सोमवार
२०८१ पौष २९ गते, सोमवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन।

    images

    सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन्। राष्ट्रपति पौडेललाई अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गाेपाल सिग्देलले साे भवन निर्माणमा भईरहेकाे प्रगतिबारे जानकारी गराएका थिए।

    images

    साे क्रममा पौडेलले भवनसम्वनधी विभिन्न जिज्ञासा राख्दै सम्बद्ध पक्षलाई यथासक्य चाँडाे सक्न निर्देशन पनि दिए।

    संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण गरिएको छ।

    १ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ।

    रास्ट्रपतिसँगै अवलोकनमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालकाे उपस्थिति थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend