मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ललितपुर महानगरको पाटन अस्पताललाई सहयोग, शवगृहको स्तरोन्नति

ललितपुर महानगरको पाटन अस्पताललाई सहयोग, शवगृहको स्तरोन्नति

images
२०८१ पौष २९ गते, सोमवार
२०८१ पौष २९ गते, सोमवार
  • ललितपुर। ललितपुर महानगरले पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति गरिदिएको छ। विगतमा चारवटा शव राख्न मिल्ने शवगृहको स्तरोन्नतिपश्चात् अब २४ वटा शव राख्न मिल्ने गरी व्यवस्थापन गरिएको महानगरले जनाएको छ।

    images

    नवनिर्मित शवगृह उद्घाटनका लागि आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले अस्पताललाई शव व्यवस्थापनका लागि सहजहोस् भन्ने उद्देश्यले महानगरले आवश्यक सहयोग गरेको बताए। 

    images

    ‘हरेक किसिमबाट मृत्युु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा पाटन अस्पतालमा समस्या भएको जानकारी पाएपछि हामीले रकम व्यवस्थापन गरेर शव व्यवस्थापन गृह निर्माण गरिदियौँ, यो हाम्रो दायित्व पनि हो, उनले भने।

    कोरोना महाकारीको समयमा पाटन अस्पतालमा अक्सिजन नभएर हम्मेहम्मे पर्दा पनि सहयोग गरेर बिरामीको शय्यामा अक्सिजन पुर्याउन व्यवस्थापन गरिएको महानगरप्रमुख महर्जनले स्मरण गरे। उनले जाउलाखेलस्थित सदर चिडियाखाना र पाटन अस्पताल महानगरको गौरव भएको बताउँदै यी दुवै संस्थामा कुनै पनि समस्या आउनासाथ सहयोग गर्न महानगर तयार रहेको बताए।

    अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले कोरोना महामारीदेखि हालसम्म महानगरले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे। ‘पाटन अस्पतालले ललितपुर महानगरबाट ठूलो र महत्वपूर्ण सहयोग प्राप्त गरेको छ, यो सहयोगका लागि आभार व्यक्त गर्न चाहन्छु।  पाटन अस्पताल मात्रै नभई मेडिकल विश्वविद्यालय पनि हो, यसको गौरब बचाउनु हामी सबैको दायित्व हो’, उनले भने।


    अस्पतालका निर्देशक प्राध्यापक डा. रवि शाक्यले व्यवस्थित शवगृहको अभावमा लासमाथि लास खप्ट्यार राख्नुपर्ने अवस्था रहेकामा महानगरको सहयोगपछि अब त्यो अवस्था नआउने बताए।अस्पतालका ‘फरेन्सिक’ विज्ञ डा.सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शवगृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताइन्।

    ‘लासलाई किन राम्रो ठाउँ चाहियो भन्ने गरिन्छ तर त्यसो हैन, मृत्युपछि सम्मान आवश्यक हुन्छ।  त्यति मात्रै होइन, व्यवस्थित हुँदा काम गर्ने वातावरण पनि हुन्छ। अझ विपद्का बेला धेरै लास राख्ने ठाउँको आवश्यकता हुन्छ। यहाँको शवगृहको स्तरोन्नतिले धेरै सहज हुनेछ’ उनले भनिन्।

    महानगरले पाटन अस्पतालसँगको सहकार्यमा बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र सञ्चालन गरिरहेको छ। पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको बताउँदै महानगरले अर्को उपयुक्त पाँच ठाउँमा पनि सेवा केन्द्र खोल्ने तयारी गरिरहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले जानकारी दिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend