मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पत्रकारहरु माहुरी जस्तो मेहनती हुनुपर्छ, बारूलो जस्तो होइन : प्रेस काउन्सिल अध्यक्ष

पत्रकारहरु माहुरी जस्तो मेहनती हुनुपर्छ, बारूलो जस्तो होइन : प्रेस काउन्सिल अध्यक्ष

images
२०८१ पौष २९ गते, सोमवार
२०८१ पौष २९ गते, सोमवार
  • काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख दिने केही सञ्चार माध्यमका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेकातर्फ सचेत रहन आग्रह गरेका छन्।

    images

    काउन्सिलले आइतबार आयोजना गरेको नयाँ अनलाइन पोर्टल, युट्युब च्यानलका प्रकाशक तथा सम्पादकलाई अभिमुखीकरण कार्यक्रममा उनले पत्रकारिताको विश्वसनीयता वृद्धिका लागि सूचना र समाचार छुट्याएर सम्प्रेषण गर्न सबैलाई आग्रह गरे।

    images

    अध्यक्ष बस्नेतले पत्रकारिता समाज सुधारको आधार र पथप्रदर्शक भएकाले सोहीअनुसार सकारात्मक उद्देश्यका साथ क्रियाशील हुनुपर्नेमा जोड दिए।

    ‘केही सञ्चारमाध्यमले अरुलाई दुःख दिएका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेको छ। त्यसैले सबै सञ्चारकर्मीहरू जिम्मेवार हुनुपर्छ। पत्रकारहरु कर्मी माहुरी जस्तो मेहनती हुनुपर्छ, अरूलाई दुःख दिने बारूलो जस्तो होइन। पत्रकारले अरुलाई दुःख दिन हुँदैन’, उनले भने।

    विषय विज्ञका रूपमा पत्रकार विमल गौतम र काउन्सिलका बोर्ड सदस्य विजयराज अधिकारीले पत्रकार आचारसंहिताका विविध पक्षबारे प्रकाश पारेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend