मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीपहिरोको वितण्डा

गृहमन्त्री र स्वास्थ्यमन्त्री प्रभावित भेट्न फिल्डमा

गृहमन्त्री र स्वास्थ्यमन्त्री प्रभावित भेट्न फिल्डमा

उद्योगमन्त्री अनुगमनमा

images
२०८१ आश्विन २१ गते, सोमवार
२०८१ आश्विन २१ गते, सोमवार
  • काठमाडौं। गत १०, ११ र १२ असोजका दिनमा परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा २४६ जनाको ज्यान गुमाएका छन्। बाढीपहिरोमा परेर हालसम्म १७८ जना घाइते भएका भने अझै १८ जना बेपत्ता छन्।

    images

    विपत्तिको यो समयमा केही स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय सरकारका केही मन्त्रीसम्म फिल्डमा उत्रिएका छन्।

    images

    गृहमन्त्री रमेश लेखक आइतबार बाढी तथा पहिरो प्रभावितहरुलाई भेट्न ललितपुरको प्रभावित क्षेत्रहरुमा पुगे भने उनी सोमबार काभ्रेको पनौती तथा बेथानचोक गाउँपालिकाका बाढीबाट प्रभावितहरुको अवस्था बुझ्न पुगे।

    स्थलमार्ग हुँदै प्रभावित्हरुलाई भेट्न पुगेका गृहमन्त्री लेखकले प्रभावितहरुलाई तत्काल राहत रामग्री उपलब्ध गराउन र अस्थायी आवासको व्यवस्था तत्काल मिलाउने गरी तथ्यांक पठाउन स्थानीय प्रसाशनलाई निर्देशन दिए।

    यसैगरी स्पास्थ्यमन्त्री प्रदीप पौडेल पनि गत शनिबार विपद् प्रभावितहरुको स्वास्थ्य अवस्था र उपचारबारे बुझ्न काभ्रे पुगेका थिए। सो क्रममा उनले स्वास्थ्यकर्मीहरुसँग अन्तक्रिया गर्दै विपद्पछि स्वास्थ्य संकट को थप जोखिम आउन नदिनेतर्फ ध्यान दिन आग्रह गरेका थिए।

    पौडेलले सो क्रममा काभ्रेका अस्पतालहरुमा उपचाररत बाढी तथा पहिरो प्रभावितहरुसँग उपचारमा सेवाको गुणस्तर र उपचार सहज भएनभएको बारेमा जानकारी मागेका थिए।

    सो क्रममा उनले एकै परिवारका सात जना गुमाएर धुलिखेल अस्पतालमा उपचाररत माइला तामाङसँग उपचार खर्च सरकारले व्यहोर्ने भन्दै उपचारमा कुनै कमी भए जानकारी दिन भनेका थिए।

    यसैगरी उद्योगमन्त्री दामोदर भण्डारी बाढी तथा पहिरोका कारण सडक अबरुद्ध भएपछि काठमाडौंका बजारमा तरकारी, फलफुलसहितका खाद्य सामग्री महँगिएको गुनासोपछि अनुगमनमा निस्किएका छन्। उनी आइतबार कालिमाटी तरकारी बजार पुगेका थिए।

    गृहमन्त्रालयमा अनुसार बाढी तथा पहिरोबाट प्रभावित् कूल १७ हजार १७४ को उद्धार गरएिको छ। सबैभन्दा ठुलो जनधनको क्षति बागमती प्रदेशमा भएको छ। बागमतीमा मात्रै १३९को मृत्यु भएको छ।

    rameshlekhakfild.jpg

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend