मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रवी लामिछानेको मुद्दा ६ नम्बर बरीयताका न्यायाधीशको इजलासमा, बयान सुरु

रवी लामिछानेको मुद्दा ६ नम्बर बरीयताका न्यायाधीशको इजलासमा, बयान सुरु

images
२०८१ पौष २८ गते, आइतवार
२०८१ पौष २८ गते, आइतवार
  • काठमाडौं। बयानका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरुभएको छ।

    images

    काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्था ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतमा उनी विरुद्ध मुद्दा परेकाले उनी आइतबार बिहानै जिल्ला अदालतमा आफैँ हाजिर भएका हुन्।

    images

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सुरु भएको हो। अधिकारी काठमाडौं जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश हुन्।

    अधिकारीको इजलासमा लामिछानेको बयान सकिए लगत्तै आजै थुनछेक बहस हुनेछ। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा उनी विरुद्ध अभियोगपत्र दायर भएको थियो।

    गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। लामिछानेलाई काठमाडौं जिल्ला सरकारी वकिल कार्यलयले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ।

    लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा गत पुस २५ गते ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए।जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। आदेशलगत्तै पुस २५ गते राती नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएपछि उनी थुनामुक्त भएका थिए।

    लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend