मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विद्यालय तहको स्वास्थ्य शिक्षा पाठ्यक्रम परिमार्जन गरिने : कार्यदल बन्दै, एक महिने समय दिइने

विद्यालय तहको स्वास्थ्य शिक्षा पाठ्यक्रम परिमार्जन गरिने : कार्यदल बन्दै, एक महिने समय दिइने

images
२०८१ पौष २८ गते, आइतवार
२०८१ पौष २८ गते, आइतवार
  • काठमाडौं। विद्यालय तहमा हाल पठनपाठन हुँदै आएको स्वास्थ्य शिक्षाको पाठ्यक्रम केही परिमार्जन गर्ने गरि तयारी अघि बढाइएको छ।

    images

    हाल ऐच्छिक विषयको रूपमा मात्रै पठनपाठन हुँदै आएको स्वास्थ्य शिक्षालाई अब अनिवार्य विषय बनाइने गरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बिचमा सहमति बनेको छ।

    images

    नयाँ बन्ने पाठ्यक्रममा संक्रामक रोग तथा नसर्ने रोगहरुको बढ्दो अवस्था, नसर्ने रोगका कारण हुने जोखिम, नसर्ने रोगबाट बच्न ध्यान दिनु पर्ने कुरा, महिला स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा लगायतका विषयलाई बढि प्राथमिकतामा राख्ने गरि दुबै मन्त्रालयका मन्त्रीहरुबिचमा छलफल भएको मन्त्रालयका अधिकारीहरु बताउँछन।

    गत पुस २४ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षामन्त्रीबिच स्वास्थ्य शिक्षालाई अनिवार्य गराउने विषयमा छलफल भएको थियो।

    यस्तै पुस २६ गते शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममासमेत शिक्षा मन्त्री भट्टराईले स्वास्थ्य शिक्षालाई विद्यालय तहमा अनिवार्य गराउने गरी गृहकार्य अघि बढेको जानकारी दिएकी थिइन्।

    ‘अहिले विभिन्न खालका नयाँ नयाँ सङ्क्रामक रोगहरू आइरहेका छन्, प्रजनन स्वास्थ्यदेखि लिएर स्वास्थ्यका विषयमा समाज जसरी अघि बढिरहेको छ, पाठ्यक्रममा त्यसरी अघि बढेको देखिएन, त्यसलाई ऐच्छिक बनाएर हुँदैन, यसलाई अनिवार्य नै बनाउनुपर्छ,´ मन्त्री भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै भनेकी थिइन्।

    पाठ्यक्रम परिमार्जन गर्नका लागि दुबै मन्त्रालयका तर्फबाट एउटा संयुक्त कार्यदल बनाइने तयारी भएको छ।
    `दुबै मन्त्रालयका तर्फबाट एउटा संयुक्त कार्यदलको तयारी गर्न भनिएको छ, छिटै कार्यदल बन्छ, कार्यदललाई एक महिनाको समय दिएर पाठ्यक्रमबारे आवश्यक अध्ययन गर्ने छ,´ स्वास्थ्य मन्त्रालय उच्च स्रोतले एक्सरे नेपालसँग भन्यो।

    सोही कार्यदलले दिएको सुझावका आधारमा शिक्षा र स्वास्थ्य मन्त्रालयले पाठ्यसामग्री तयार गर्न आवश्यक समन्वय गर्ने छन।

    पछिल्लो समय नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसलाई रोकथाम गर्न विद्यालय तहबाटै सचेतनामूलक सामग्रीलाई प्रभावकारी बनाउन लागिएको हो। पाठ्यक्रममा स्वस्थ खानपिन तथा मादक पदार्थबिरुद्धका सचेतनाका विषय पनि समावेश गर्ने बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend