मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रवी लामिछाने पुगे काठमाडौं जिल्ला अदालत

रवी लामिछाने पुगे काठमाडौं जिल्ला अदालत

images
२०८१ पौष २८ गते, आइतवार
२०८१ पौष २८ गते, आइतवार
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्।

    images

    काठमाडौं कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतमा उनी विरुद्ध मुद्दा परेकाले उनी आइतबार बिहानै जिल्ला अदालतमा आफैँ उपस्थित भएका हुन्।

    images

    पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनी गत पुस २५ गते ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए।पोखरामा रिहा हुँदा बित्तिकै प्रहरीले लामिछानेलाई पुन: पक्राउ गर्ने र काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेकाले काठमाडौं ल्याउने आशंका थियो।

    सो आशंका संचार माध्यमदेखि सामाजिक संजालसम्म व्यापक भयो। तर लामिछानेले भने आफैं शुक्रबार काठमाडौ जिल्ला अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको थियो।

    तर लामिछाने शुक्रबार काठमाडौ जिल्ला अदालतमा उपस्थित भने भएनन्। उनी पोखरामा बाँकी कानुनी प्रक्रियामा अल्झँदा शुक्रबार समयमा नै काठमाडौं आउन नभ्याएको बताइएको छ। उनी शुक्रबार स्थलमार्ग हुँदै काठमाडौं आएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend