मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपति-प्रधानमन्त्री भेट

रोजगारी र सुशासनमा दलहरुलाई मिलेर अघि बढ्न सुझाव

रोजगारी र सुशासनमा दलहरुलाई मिलेर अघि बढ्न सुझाव

images
२०८१ आश्विन २१ गते, सोमवार
२०८१ आश्विन २१ गते, सोमवार
  • काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक दलहरुले रोजगारी र सुशासनका विषयमा मिलेर काम गर्नु पर्ने भन्दै सुझाएका छन्।

    images

    सोमबार राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए। सो क्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई रोजगारी र सुशासनमा दलहरुले मिलेर काम गर्नु पर्ने बताएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    images

    राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरुका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवाहरुलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। भेटमा परराष्ट्रमन्त्री आरजु देउवा राणा पनि सहभागी थिइन्।

    संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा शीतल निवास पुगेका हुन्।

    गाउँगाउँमा आधारभूत सुविधाहरु पुगेर बस्ने अवस्था सृजना भएपनि रोजगारी र आम्दानी नभएकाले मानिसहरु गाउँ छोडिरहेको हुनाले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेतर्फ राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई ध्यान दिन आग्रह गरेका थिए।

    यस्तै हालै आएको बाढीपहिरोबाट प्रभावितहरुको राहत तथा पुननिर्माणका कामलाई पनि तिव्रता दिन सरकारलाई राष्ट्रपतिले विशेष ध्यान आग्रह गरेका छन्।

    भेटमा प्रधानमन्त्री ओलीले अहिले देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

    उनले दुइवटा ठूला दल मिलेर वनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि राष्ट्रपति समक्ष जानकारी गराएका छन्।

    सो क्रममा प्रधानन्त्री ओलीले संयुक्त राष्ट्र संघ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको र महासभामा नेपालले समुद्रसतह उठेको देखि हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराइएको पनि बताएका थिए।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend