मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भन्सारमा नै भारतीय सवारीसाधनको तौल लिउँ : यातायात व्यवसायी राष्ट्रिय महासंघ

भन्सारमा नै भारतीय सवारीसाधनको तौल लिउँ : यातायात व्यवसायी राष्ट्रिय महासंघ

images
२०८१ पौष २७ गते, शनिवार
२०८१ पौष २७ गते, शनिवार
  • काठमाडौं। पुर्वी नवलपरासीको दुम्कीवासमा भारतीय लहरीको ठक्करबाट पुल भाँचिएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्सार विन्दुमा नै तौल लिने ब्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

    images

    यातायात व्यवसायी राष्ट्रिय महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै भन्सार विन्दुमा भारतीय सवारीसाधनको सामान ‘लोडअनलोड’ गर्ने तथा तौलपुलमा तौल लिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो।

    images

    महासंघले  भारतीय ट्रकको अत्यधिक भारका कारण नवलपरासी सुस्तापूर्वको दुम्किबासमा पुल भाँचिएकाले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयलाई तत्काल भारतीय मालबाहक सवारीसाधनको तौल लिने व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो। 

    महाससंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दैनिक रूपमा भारतीय मालबाहक सवारीसाधनलाई निर्विवाद ७२ घण्टे सुविधामा सञ्चालन गर्न दिने कार्य भएकाले समस्या भैरहेको बताए। उनले आगामी दिनमा पनि यस्तै अवस्था रहे थप समस्या हुने भएकाले यथाशीघ्र माग सुनुवाइ गर्न आग्रह गरे।

    ‘भारतीय सवारीसाधनलाई तौलपुलमा तौल नगराउँदा पुल भाँचिने घटना घट्ने भएकाले सरकारले सरोकार भएका निकायसहितको सहभागितामा तत्काल तौलपुल सञ्चालनका लागि कार्यदल बनाइ कार्यविधि बनाउन पनि यसै प्रेस विज्ञप्तिमार्फत माग गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ।

    महासंघले हाल देशभर करिब तीन लाख ४० हजार यात्रुबाहक र ढुवानीका मालसामान बोक्ने ६० हजार सवारीसाधन सञ्चालनमा रहेको जनाएको छ।

    भारतीय ढुवानीका सवारीसाधनलाई नेपालभित्र स्वतन्त्र रूपमा ७२ घण्टे सुविधा संघीय सरकारले दिएपछि नेपाली मालबाहक ढुवानीका सवारीसाधन सञ्चालन हुन नसकी पलायन हुने स्थिति सिर्जना भएको सिटौलाले बताएका हुन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend