मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रहरी सम्बन्धि विधेयक संसदमा पेश गरिंदै, मन्त्रीपरिषद्को स्वीकृति

प्रहरी सम्बन्धि विधेयक संसदमा पेश गरिंदै, मन्त्रीपरिषद्को स्वीकृति

images
२०८१ पौष २७ गते, शनिवार
२०८१ पौष २७ गते, शनिवार
  • काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद्मा पेस गरिने भएको छ। शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ।

    images

    गृहमन्त्री रमेश लेखकले प्रहरी सङ्गठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधनमा जोड दिँदै आएका थिए।

    images

    प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले ती विधेयक मन्त्रिपरिषदमा पेस गरेको हो।
     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend