मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भारतीय लहरीको ठक्करबाट दुम्कीबासको पुल भाँचियो : यातायात ठप्प

भारतीय लहरीको ठक्करबाट दुम्कीबासको पुल भाँचियो : यातायात ठप्प

images
२०८१ पौष २६ गते, शुक्रवार
२०८१ पौष २६ गते, शुक्रवार
  • नवलपरासी। अत्यधिक भारसहितको भारतीय लहरीको ठक्करबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुर्वीनवलपरासीको दुम्कीबासमा रहेको पुल भाँचिएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी जेसी शाहका अनुसार भारतीय नम्बरको एनएल ०१ ए एच ५१७९ नम्बरको लहरीले ठक्कर दिएपछि विनयी खोलामा रहेको सो पुल भाँचिएको हो।

    images

    पुल भाचिँदा अहिले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। डाइभर्सन नखोल्दासम्म सो सडक संचालन हुने अवस्था नरहेको शाहले जानकारी दिए।

    शुक्रबार साँझ साढें ५ बजेको समयमा अत्यधिक भारसहितको  मालवाहक लहरी सो पुलमा चडेपछि पुल भाँचिएको हो।

    यातायात सञ्चालनका लागि डाईभर्सन निर्माण गर्ने उपयुक्त ठाउँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ।

    अहिले राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुण खोलामा रोकिएका छन्। स्थानीयहरुले भने दुम्किबास-सर्दी बाट होङ्सी शिवम सिमेन्टको बाटो हुँदै डाइभर्सन प्रयोग गर्दा ३०-४५ मिनेट लामो बाटो तय गरेर यात्रा गर्न सकिने बताएका छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend