मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौं जिल्ला अदालतमा आज किन गएनन् रवी?

काठमाडौं जिल्ला अदालतमा आज किन गएनन् रवी?

images
२०८१ पौष २६ गते, शुक्रवार
२०८१ पौष २६ गते, शुक्रवार
  • काठमाडौं। सहकारी ठगी प्रकरणमा पोखरामा लामो समय हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने बिहिबार जिल्ला अदालत कास्कीको थुनछेक बहस पछि धरौटीमा रिहा भए। रिहा हुँदा बित्तिकै प्रहरीले लामिछानेलाई पुन: पक्राउ गर्ने र काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेकाले काठमाडौं ल्याउने आशंका थियो।

    images

    सो आशंका संचार माध्यमदेखि सामाजिक संजालसम्म व्यापक भयो। तर लामिछानेले भने शुक्रबार आफैं काठमाडौ जिल्ला अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको थियो।

    images

    तर लामिछाने शुक्रबार काठमाडौ  जिल्ला अदालतमा उपस्थित भने भएनन्। उनी पोखरामा बाँकी केही कानुनी प्रक्रियामा अल्झँदा शुक्रबार समयमा नै काठमाडौं आउन नभ्याएको बताइएको छ। उनी शुक्रबार स्थलमार्ग हुँदै काठमाडौं आइरहेका छन्।

    रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार लामिछाने स्थलमार्ग हुँदै पोखराबाट काठमाडौं आउदै छन। उनी शनिबार बिदा परेकाले आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित हुने तयारीमा छन।

    रास्वपाका सहकोषाध्यक्ष दीपक बोहोराले सामाजिक संजालमा सोबारे जानकारी गराउँदै स्टाटस लेखेका छन।

    `रवि दाईका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ जाने क्रममा हुनुहुन्छ।सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।´ बोहोराले लेखेका छन्।

    लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए। कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। आदेशलगत्तै बिहीबार साँझ नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएपछि उनी थुनामुक्त भएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend