मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कानुन मन्त्री र मुख्यसचिव लिएर राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री

कानुन मन्त्री र मुख्यसचिव लिएर राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री

images
२०८१ पौष २६ गते, शुक्रवार
२०८१ पौष २६ गते, शुक्रवार
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कानुन मन्त्री र मुख्यसचिव लिएर राष्ट्रपति रामचन्द्र पौडलसँग भेट गर्न शीतल निवास पुगेका छन।

    images

    प्रधानमन्त्री ओली शुक्रबार सांझ कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायतलाई साथमा लिएर शीतल निवास पुगेका हुन।

    images

    भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    पछिल्लो समय प्रधानमन्त्रीले संविधान संसोधनका विषयमा दिएको अभिव्यक्ति पछि राजनीतिक वृत्तमा विभिन्न शंका आशंका हुँदै गर्दा भेट भएकाले पनि अर्थपूर्ण रुपमा हेरिएको हो।

    तर प्रधानमन्त्रीको सचिवालय भने रास्ट्रपति र प्रधानमन्त्रीका बिचमा नियमित भेट हुने गरेको सन्दर्भमा भेट भएको र समसामयिक विषयमा छलफल भएको बताउँछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend